Re-post: काठमाडौं विश्वविद्यालयमा परा–हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठी

Re-posted from:Kavrekhabar.com  Date: October 3rd , 2024

Original Link :https://www.kavrekhabar.com/news/2024/10/02/1222/

धुलिखेल । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयमा ‘दोस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठी’ बुधबारबाट सुरु भएको छ।

युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलाजी अफ चाइना र काठमाडौं विश्वविद्यालयको भाषा तथा आम सञ्चार विभागको संयुक्त आयोजनामा सो सङ्गोष्ठी सुरु भएको हो। बुधबार सुरु भएको सङ्गोष्ठी १८ गते शुक्रबार सकिने छ। सङ्गोष्ठीमा करिब एक सय वटा कार्यपत्र प्रस्तुत हुनेछन्।

तीन दिनसम्म चल्ने सो सङ्गोष्ठीको उद्घाटन गर्दै सूचना, सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले डिजिटल सञ्चारको महत्वको बारेमा चर्चा गरे। उनले सञ्चारको सवालमा चीनसँगको सहकार्य महत्वपूर्ण हुने बताए। मन्त्री गुरुङले चीन विश्वासिलो मित्र भएको बताउँदै दुई मुलुकबीच डिजिटल सञ्चार तथा प्रविधिमा साझेदारी बढाउनुपर्नेमा जोड दिए।

त्यसैगरी काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा।डा। भोला थापाले सूचना प्रविधिले निम्त्याउने चुनौतिहरुलाई कसरी अवसरमा बदल्ने भन्ने आजको मुख्य बहसको विषय रहेको बताए। विश्वविद्यालयको स्कुल अर्फ आट्सकी डीन एक्कु माया पुनले विश्वविद्यालयको पठनपाठनमा डिजिटल प्रविधि तथा सञ्चारको प्रयोग सम्बन्धि सैद्धान्तिक र व्यवहारिक ज्ञानको पक्षलाई ध्यान दिएको बताइन्।

त्यसैगरी ‘युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलाजी अफ चाइना’को ‘स्कुल अफल पब्लिक एड्मिनिष्टे«सन’का ‘भाइस डीन’ प्राध्यापक हु जुनले ‘दोस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकास’को महत्वका बारेमा चर्चा गरे। ‘युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलाजी अफ चाइना’का कुलपति जान सुनले डिजिटल प्रविधि तथा सञ्चारको व्यापकताको बारेमा धारणा राखे।

यो सङ्गोष्ठीमा चीन, नेपाल, भारत, भुटान, पाकिस्तान, संयुक्तराज्य अमेरिका लगायत मुलुकका प्राज्ञिक व्यक्तिहरुको सहभागिता रहेको छ।

सङ्गोष्ठीमा किनोट स्पिकर ९बीज वक्ता०का रुपमा ‘युनिभर्सिटी अफ टेक्सास’का प्राध्यापक अरविन्द सिंघल, सिघुवा विश्वविद्यालयका प्राध्यापक लि सिग्वाङ, काठमाडौं विश्वविद्यालय भाषा तथा आम सञ्चार विभागका प्राध्यापक निर्मलमणी अधिकारी, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक मनुकोण्डा रविन्द्रनाथ छन्।

त्यसैगरी चीनको काङ्बा टेलिभिजनकी सम्पादक चेमी वेङमो, जेजियाङ विश्वविद्यालयका प्राध्यापक वो फेइ, का’ फोस्करी विश्वविद्यालयका प्राध्यापक घानी–उर–रहमान, भुटानकी शोधकर्ता याङ चेन सि रिन्जिन, दिल्ली विश्वविद्यालयकी प्राध्यापक सरिता आनन्द र चीनका प्राध्यापक हान होङ किनोट स्पिकर ९बीज वक्ता०का रुपमा रहेका छन्।
 

Share this page on:

Facebook
LinkedIn
Email